मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिसा लागेर रोकिएका कामदारलाई सिधै दुताबाश मार्फत मलेसिया पठाउने सरकारको तयारी



पुस ५, काठ्माण्डौ-

लामो समय देखी रोकिएको मलेसिया को रोजगारी पुन सुचारु हुने भएको छ ।

अब मलेसिया जाने कामदारलाई सरकारले सिधै दुताबाश मार्फत पठाउने तयारी गरेको छ ।

गत जेठ २ गतेअघि कलिङ भिसा लागेर सबै प्रक्रिया पूरा गरेर पनि मलेसिया जान रोकिएका कामदारलाई दूतावासमार्फत् मलेसिया पठाउने तयारी सरकारले गरेको हो ।

यस विषयमा परराष्ट्र मन्त्रालयसमेतको समन्वयमा मलेसियासँग छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जानकारी दिएको छ।

कलिङ भिसा लागेका नेपाली कामदारलाई नेपालस्थित मलेसिया दूतावाससँग समन्वय गरेर सिधै मलेसिया पठाउने विषयमा छलफल भइरहेको छ। यो विषयमा मलेसिया सरकारपनि सकारात्मक रहेको श्रम मन्त्रालय स्रोतको दाबी छ।

कलिङ भिसा लागेका कामदारले पुनः स्वास्थ्य परीक्षण गरी मलेसिया जान पाउने बताइएको छ। अब पुनः स्वास्थ्य परीक्षण गरी उनीहरूका लागि मलेसिया जाने बाटो खुल्न लागेको हो।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ७ : ०० बजे