मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता कार्की सामाजिक काममा थप अग्रसर् : सोलुखुम्बुका १८ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण



पुस ५,सोलुखुम्बु-

नेपाली कांग्रेसका नेता तथा नेपाल उध्योग बाणिज्य माहासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीको अगुवाइमा सोलुखुम्बुको नेचा सल्यान गाउपालिकाका १८ वटा सामुदायिक विद्यालयलाई ल्यावटप वितरण गरिएको छ । लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलका पूर्व अध्यक्ष समेत रहेका कार्की र लायन्स क्लब अफ काठमाडौंको बराबर लगानीमा ल्यापटप वितरण गरिएको हो ।

नेचासल्यान गाउँपालिका २ सल्यानमा वडाअध्यक्ष भेष कुमार बास्तोलाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी गाउपालिका भित्रका १८ वटा विद्यालयलाई एक एक वटा डेल कम्पनीको ल्यापटप वितरण गरिएको हो ।

गाउपालिका भित्रका हिमालदर्शन क्याम्पस , महेन्द्रोदय माध्यमिक विद्यालय, गणेशथान, कालिका, तिनकन्या, कुन्तादेवी, जनजागृती, भुमेस्थान, आर्दश मिलन, शहिद नरनाथ, जन्मज्योति, सिंहदेवी, महेन्द्रदोय आधारभूत विद्यालय सहित सरस्वति, जनप्रिय, शहिदस्मृति, सगरमाथा र जलेश्वरी आधारभूत विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।

तेस्तै कार्यक्रममा विद्युतको पहुँच भन्दा बाहिर रहेका ४० जना विद्यार्थीहरुलाई नेता कार्किको व्यक्तिगत प्रयत्नमा सोलार लाईट समेत वितरण गरिएको छ । बिजुली नहुँदा अफ्ठेरो झेली रहेका बिधार्थीहरुले सोलार लाईटले आफुहरुलाई पढ्न सजिलो हुने भन्दै खुशी ब्यक्त गरे ।निकट भबिष्यमा जिल्लाका बिजुली नपुगेको ठाउका बिधार्थीहरुको पढाइलाई सहज बनाउन थप सोलार लाईट बितरण गरिने र बिधालयलाई प्रबिधी सग जोड्न बिधालयको आवाश्यकता हेरी ल्याप्टपहरु पनि पुन बितरण गरिने कार्यक्रमका अबसरमा नेता कार्कीले बताए ।

कार्यक्रममा उपस्थित नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफ कुमार बास्तोला र लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलकाका पूर्व गभर्नर तथा सस्थापक अध्यक्ष  हरिशंकर निरौलाले बिधालय लाई सहयोग गरेर शिक्षाको गुणस्त र सुधार्ने प्रायत्न हुनु राम्रो भएको भन्दै खुशी ब्यक्त गरे ।

तेस्तै कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सचिब धञ्जन राइ , शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला र पर्यटन ब्यबसायी एबम कांग्रेस सोलुखुम्बुका नेता निमा शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

बिधालयहरुलाई ल्याप्टप हस्तान्तरण गर्दै नेता कार्किले अब बिधालयदेखिनै प्रबिधीमैत्री शिक्षाको शुरुवात गर्न जरुरी रहेको जनाउदै समग्र सोलुखुम्बु को शैक्षिक एबम अन्य बिकाशका लागी सबै सोलुखुम्बुबासीहरु सग हातेमालो गर्न आफु तयार रहेको बताए ।

प्रतीनिधीशभा तथा प्रदेशशभाको गत निर्बाचनमा नेपाली कांग्रेसका तर्फ बाट प्रदेश शभा ‘क’ सोलुखुम्बुमा उम्मेदवार रहेका कार्कीले सोलु जिल्लाको सामाजिक क्षेत्रमा यस अघी देखी नै निरन्तर सहयोग पुर्याउदै आएका छन । आगामी दिनमा पनि आफु सबै सोलुखुम्बु बासीहरुको सहयोगमा सक्दो लागिरहने नेता कार्किले बताउने गरेका छन ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  २ : ५५ बजे