मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले दिए राजीनामा , राष्ट्रपति ट्रम्पका लागि नराम्रो संकेत



काठमाडौं ।  अमेरिकी रक्षामन्त्री जिम म्याटिसले बिहीबार राति राजीनामा दिएका छन् ।

 राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत म्याटिसले राजीनामा दिएको जानकारी गराएका हुन ।

ट्रम्पले म्याटिसले दिएको योगदानको प्रशंसा गर्दै  छिट्टै नयाँ रक्षामन्त्री नियुक्त गर्ने घोषणा पनि गरेका छन् ।

राजिनामा घोषणा गरेका म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् ।

सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयको अर्को दिन नै म्याटिसले पदबाट राजीनामा दिनुलाई भने ट्रम्पका लागि नराम्रो संकेत भएको रुपमा बुझिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ८ : ०२ बजे