पुष ५,काठ्माण्डौ-
कांग्रेस विधान शम्सोधन गर्ने बिशयमा नेताहरुका बिचमा सहमति जुटेको छ।
७ सह-महामन्त्रीसहित सबै पदाधिकारीहरु निर्वाचित हुने र केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने गरी सहमति जुटेको कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले जानकारी दिए।
यसअघि एक जना उपसभापति र एक जना महामन्त्री सभापतिले मनोनित गर्न पाउनुपर्ने संस्थापन पक्षले आफ्नो अडान छोडेपछी सहमती जुटेको हो ।
सहमतिपछि उपसभापति, महामन्त्री दुई/दुई जना तथा प्रत्येक प्रदेशबाट समावेशिताकाे आधारमा एक/एक जनाकाे दरले सह-महामन्त्री रहने भएका छन्।
यसअघि भएको सहमतिअनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टि व्यक्त भएपछि ७ सह-महामन्त्री बनाइने निर्णय भएको हो।
प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । कांग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ ।