मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बैठकमा अशन्तुष्टिको ओइरो



पुस ७,काठ्माण्डौ-

पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार  धारणा राख्दै शिर्ष नेताहरु माधब नेपाल र झलनाथ खनालले  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको  आलोचना गरेका छन ।

नेता झलनाथ खनालले प्रतिबेदनमा उल्लेख गरिएको पार्टिको सैद्दन्तिक मान्यताको बिरोध गर्दै जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकिएको टिप्पणी गरे। उनले फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य नभएको बताए ।

नेता खनालले जनाताको जनबाद प्रती असहमती राखे पनि कुनै नयाँ सैद्दन्तिक दृष्टिकोण भने प्रस्तुत नगरेको बैठकमा सहभागी एक नेताले बताए । .

यस अघि शुक्रबारको बैठकमा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठ र मणि थापाले प्रतिवेदनमा उल्लेखित ‘जनताको जनवाद’ प्रति आपत्ति जनाएका थिए। उनीहरुले अध्यक्षद्वयको प्रतिवेदन उल्लेखित ‘जनताको जनवाद’ भन्ने शब्दावलीमा पार्टी एकताको बेला सहमति नभएको बताएका थिए।

बैठकमा नेता माधब कुमार नेपालले   सरकारको कामभन्दा कुरा धेरै भएको  बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने भएको भन्दै सबै कामलाई प्रधानमन्त्री कार्यालयमा केन्दि्रत गर्न नहुने धारणा समेत राखेका थिए ।

मन्त्री, राजदूतलगायतका महत्वपूर्ण नियुक्तिहरु गर्दा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  १२ : ५९ बजे