मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेल चोरीमा नेपाल आयल निगमकै ट्यांकरको प्रयोग



काठ्माण्डौ-

तेल चोरीमा नेपाल आयल निगम कै ट्यांकरको प्रयोग हुुने गरेको तथ्य सार्वजनिक भएको छ । भारतबाट आउने निगमको पेट्रोलियम पद्धार्थ बोक्ने ट्यांकरहरुले गोप्यरुपमा तेल तस्करी गर्ने गरेका हुुन ।

सशस्त्र प्रहरीले बिहिबार भारतबाट आएको ट्यांकरलाई नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पस नजिक चेकजाँच गर्दा ट्यांकरमा लुकाएर तस्करी गर्दै गरेको सामाग्री फेला पारेपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।  घटनाका बारेमा नेपालगञ्ज भन्सार कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लाले ना.४ ख ८०९५ नं. को ट्याकंरबाट भन्सार छलेर भित्र्याइएको दुुई वटा कलर प्रिन्टर, एउटा ब्ल्याक एण्ड ह्वाईट प्रिन्टर, प्रिन्टर सीडी छ बोतल मसी चार  इप्सनको फोटो पेपर २० थान लगायतका सामान बरामद गरिएको बताएकाछन ।

नायव उपरिक्षक शुक्लाका अनुसार बरामद गरिएको सामानको बजार मूल्य करिब दुुई लाख रुपैयाँ बराबरको रहेको छ । यसैगरी प्रहरीले भन्सार छलेर सामान भित्र्याउने ट्यांकर चालक सल्यान सारदा नगरपालिका मार्केका २७ बर्षीय प्रविण सुनार र सहचालक नेपालगञ्ज २२ कल्लुपुर्वाका निवासी १९ बर्षीय करण शर्मालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना, टयाकंर र बरामद सामाग्री सहितभन्सार कार्यालयको जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  ५ : ३७ बजे