काठ्माण्डौ-
एजेन्सि-
इन्डोनेसियामा आएको सुनामीमा परेर अहिलेसम्म कम्तिमा ४३ जनाको मृत्यु र ५ सय ८४ जना घाइते भएको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको सुन्डा स्ट्रेट तटीय क्षेत्रमा खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।
उद्धारमा खटिएका अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने उल्लेख गरेको बिबिसिले जनाएको छ ।
सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्याएको छ ।
सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ । थुप्रै भवनहरु भत्केका छन् ।














