मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसको महासमिती बैठक समापन : सरकार बिरुद्द आन्दोलन गर्ने शभापती देउबाको उद्घोश



काठ्माण्डौ-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निरङ्कुष बाटोमा हिड्न थालेकोले अब आन्दोनल गर्ने समय आउन लागेको बताएका छन ।

सभापति  देउवाले सरकारविरुद्ध आन्दोलनमा उत्रीने तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।१० दिन सम्म चलेर सकिएको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै शभापती देउवाले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्न तयार हुन पार्टिका सबै नेताकार्यकर्ता हरुलाई आह्वान गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको र अब पार्टिभित्रको प्रतिस्पर्धा भन्दा कम्युनिष्ट पार्टिहरु सगको प्रतिस्पर्धामा देशब्यापी रुपमा लाग्न आग्रह गरे ।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री   गरी अब १४ पदाधिकारी  महाधिवेशनबाट निर्बाचित र  कोषाध्यक्ष मनोनित हुने बिधान महासमितिले पारित गरेको छ ।

तेस्तै महासमिती भेलाले पार्टिको राजनैतिक्, आर्थीक र साङ्गठनिक प्रस्ताब पनि पारित गरेको छ ।

यही पौष महिना बाट सरकारको बिरुद्दमा आन्दोलनमा जाने तयारी पार्टिले गरेको नेताहरुले बताएका छन ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  २ : १५ बजे