मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधन गर्न राजपाका नेतासँग प्रधानमन्त्रीले मागे एक हप्ताको समय



काठमाडौं पुस, १०–
संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीले राजपाका नेताहरुसँग एक हप्ताको समय समेत मागेको राजपानिकट नेताहरुले बताएका छन् ।
सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओलीले भनेको राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

उनले भने, ‘जे कुरा पहिला हुन्थ्यो त्यही कुरा आज पनि भएको हो, पहिला पनि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो । सात दिनपछि प्रधानमन्त्रीजीको कस्तो प्रतिकृया आउँछन त्यसमा भर पर्छ ।’
सविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाय लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको हो । राजपा नेपाल अध्यक्षमण्डलको बैठक एक वजेबजे पार्टी कार्यालयमा बस्दैछ ।

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  ८ : ५९ बजे