मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वटै समुहको सुचक घट्दा सेयर बजार पुरै रातो



काठमाडौं पुुस, १०–
सेयर बजार पुरै रातो भएको छ । मंगलबार नेप्सेमा १० वटा समुहको कारोबार भएकोमा १० वटै समुहको सुचक घट्दा बजार रातै भएको हो । नेप्से पाँच दशमलव ७१ अंकले घटेर ११ सय ८६ दशमलव तीन अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव २७ अंकले घटेर दुुई सय ५२ दशमलव ४१ अंकमा पुुगेको छ । आज एक सय ६५ कम्पनीहरुको चार हजार नौ सय ४३ वटा कारोबारमा १२ लाख ४१ हजार आठ सय ४३ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ४२ करोड १३ लाख १६ हजार सात सय २३ रुपैयाँ पुुगेको छ ।
आज वाणिज्य बैंक समुहको सुचक चार दशमलव ५६ अंकले घटेर एक हजार ३५ दशमलव ९४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १९ करोड १५ लाख ४३ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि आठ दशमलव ८१ अंकले घटेर १४ सय ७० दशमलव १७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम चार करोड ७१ लाख ७७ हजार सात सय रुपैयाँ पुुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक २४ दशमलव ३६ अंकले घटेर पाँच हजार पाँच सय ९९ दशमलव ७७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम छ करोड ५० लाख दुुई हजार एक सय रुपैयाँ पुुगेको छ । यि बाहेक आज जलबिद्युुत, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
कमाउने कम्पनीको सुचीमा आज मल्टीपर्पोस फाईनान्स, प्राईम कर्मसियल बैंकको संस्थापक सेयर आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा एनएमबि बैंकको संस्थापक सेयर, नागवेली लघुबित्त बित्तीय संस्था आदि परेका छन् । रकम कारोबारका आधारमा भने नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक आदि परेका छन् ।

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  १० : ०२ बजे