मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपामा अध्यक्षद्वयविरुद्ध चार शीर्ष नेताको मोर्चाबन्दी !



काठमाडौं पुस, ११–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् ।

पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन् ।

एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफूनिकटलाई जिम्मेवारी दिएको माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको आरोप छ ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  २ : ५४ बजे