मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थायी समितिमा जवाफ दिन प्रचण्डलाई पौने दुई घण्टा लाग्यो, अध्यक्षद्वयको संयुक्त प्रतिवेदनबारे यस्तो छ प्रचण्डको धारणा



काठमाडौं पुस, ११–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखेका छन् । बुधबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए ।
उनले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नु पर्ने धारणा राखेको प्रचण्डनिकट एक नेताले जानकारी गराए । बैठकमा अध्यक्ष प्रचण्डले करिब पौने दुई घण्टा धारणा राखेका थिए ।
प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीले पनि बैठकमा घारणा राख्ने कार्यतालिका रहे पनि समय अभाव भएपछि उनले आफ्नो धारणा राखेनन् । अध्यक्ष ओलीले भोलि मात्र आफ्नो धारणा राख्ने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ६ : १३ बजे