मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मलाको हत्यारा पत्ता लगाउन आईजीपी खनाल नै मैदानमा, विज्ञको टोलीसहित आईजी आफै कञ्चनपुरतर्फ



काठमाडौं पुस, ११–
अपराध अनुसन्धानका विज्ञको टोलीसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त हत्याको अनुसन्धान गर्न कञ्चनपुरतर्फ लागेका छन् । आईजीपी खनाल आफै घटनास्थल पुगेपछि निर्मला पन्त हत्याको अनुसन्धान नयाँ सीराबाट सुरु हुन लागेको हो । आईजीपीसहितको टोली मंगलबार काठमाडौंबाट चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।
टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका सई गजेन्द्र रावललगायत रहेको प्रहरी स्रोतले जनाएको छ ।
कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ । हालसम्म पक्राउ परी अनुसन्धान भइरहेकामाथि नयाँ कोणबाट अनुसन्धान गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ७ : ३१ बजे