मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले भनेः ‘धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा छ’



काठमाडौं पुस, १२–
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । भूकम्प गएको ४४ महिनापछि बिहीबार प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । ७२ वैशाख १२ गतेको भूकम्पमा परी भिमसेन थापाद्वारा निर्मित धरहरा भत्किएको थियो । धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पुनःनिर्माणको काम शुरु भयो । अब कुनै शंका उपशंका गर्नु पर्दैन् ।’
प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा चढेर सुन्दर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई बर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरेका छन् ।
‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’ २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ७ : २३ बजे