मनाङ पुस, १३–
चिसो बढेसँगै हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातसँगै माइनस २० डिग्रीमा झरेको छ । बिहीबार बिहानदेखि मौसममा खराबी आएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले त्यहाँको तापक्रम माइनस २० डिग्री पुगेको हो । बुधबार दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको छ । जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ ।
१३ पुस २०७५, शुक्रबार
0
Shares