मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातारको हिमपातले मनाङको तापक्रम माइनस २० डिग्रीमा झर्यो



मनाङ पुस, १३–
चिसो बढेसँगै हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो । यसअघि नै माइनसमा झरेको यहाँको तापक्रम हिमपातसँगै माइनस २० डिग्रीमा झरेको छ । बिहीबार बिहानदेखि मौसममा खराबी आएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले त्यहाँको तापक्रम माइनस २० डिग्री पुगेको हो । बुधबार दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको छ । जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ६ : १६ बजे