मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बैठकः परिर्माजनसहित पास भयो अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन



काठमाडौं पुस, १३–
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक निकै चर्चा–परिचर्चाको बिषय बन्न पुग्यो । अध्यक्षद्वयको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतम र भिम रावलले पनि छुट्टै प्रतिवेदन पेश गरेपछि नेकपाको बैठक थप चर्चामा पुगेको थियो । लामो समयसम्म चलेको स्थायी समिति बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ । नेकपाका नेता झलनाथ खनालका अनुसार शुक्रबार बसेको बैठकले प्रतिवेदन पास गरेको हो । नेताहरुका अनुसार परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ ।

साथै संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ६ : ३२ बजे