रासायनिक ट्याङ्की सफा गर्ने क्रममा मलेसियामा दुई नेपालीको मृत्यु



काठमाडौं पुस, १३–
मलेसियामा दुई नेपाली कामदारको ज्यान गएको छ । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको मृत्यु भएको हो । रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए । यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले जनाए । अहिले कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।

प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार  ८ : ११ बजे