मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्बोडियामा आकर्षक रोजगारी लगाईदिने भन्दै लाखौं ठगी गर्ने ३ जना फरार



काठमाडौं पुस, १४–
बहुसंख्यक नेपाली युवाको पीडा बेरोजगारी नै हो । रोजगारीको अभावमा विरक्तिएको युवाको पहिलो रोजाई रोजगारी हुनु पनि स्वाभाविकै हो । स्वदेशमा रोजगारी पाउन नसकेको युवा चाहना नहुँदानहुँदै पनि आफ्ना सन्तती र परिवारको खुशीका लागि विदेशिनु नै बाध्यता बन्न जान्छ । त्यई बाध्यताको कमजोरीलाई फाईदा उठाउदै सभ्य भाषामा भन्दा ‘एजेन्ट’ र अली नमिठो भाषामा भन्दा ‘दलाल’हरुले आफ्नो कमाई खाने भाँडो बनाउन पुगेका कैँयौ घटना हाम्रो नेपाली समाजमा पढ्न, सुन्न र देख्न हामी बाध्य छौ । एक नेपालीले अर्को नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने सजिल्लो साधन बनेको छ वैदेशिक रोजगारको आश्वासन ।

एक नेपालीले विदेशमा आकर्षक आम्दानीको जागीर मिलाईदिने भन्दै दिनदाहाडै नेपाली युवाहरुलाई ठगी गरिरहेका छन् । सन्ततीको भविष्य र परिवारको खुशीका लागि एक बेरोजगार नेपाली युवा जस्तोसुँकै जोखिम मोलेर पनि आर्कषक कमाईका लागि त्यस्ता दलालको आश्वासनमा फस्न बाध्य भएका छन् । हो यस्तै सोझा युवाहरुलाई आकर्षक कमाईको आश्वासन देखाएर उनीहरुसँग लाखौं रकम उठाएर ठगी गर्नेमा  रोल्पा (साविकको जेल्बाङ १ मझिबाङ) हाल सुनछहरी गाँउपालिका वडा नं. ७ मझिबाङका सुन प्रसाद बुढा (अजित), प्यूठान माण्डवी गाँउपालिका वडा न. २ मर्कबाङका लोकेन्द्र पुन(बिगुल) तथा ऐरावती गाँउपालिकाका दुर्गाबहादुर गुरुङ (डिबि थापा) रहेका छन् । तिनैजना कम्बोडियामा बस्दै आएको र उनीहरुले कम्बोडियामा बसेर नेपालमा रहेका सोझा युवाहरुलाई कम्बोडियामा मासिक १ हजार डलरसम्म कमाई हुने क्यासिनोमा रोजगारी लगाईदिने भन्दै प्रतिव्यक्ति ४ देखि साढे ४ हजार डलरसम्म उठाउने गरेको पीडितहरका पारिवारिक सदस्य समिर महराले जानकारी गराए ।

उनीहरुले अहिलेसम्म सयौंको संख्यामा नेपाली युवालाई फसाईसकेको महराको भनाइ छ । पछिल्लो समय उनीहरुले रोल्पा लुङरी गाँउपालिका वडा नं. ६ बडाचउर सेवारका सोगबहादुर बुढाथोकी, रोल्पा थबाङ गाँउपालिका थबाङका प्रशान्त पुन, रोल्पा सुनछहरी गाँउपालिका जैमकसलाका नरजित पुन, दाङको घोराही उपमहानगरपालिका बिजौरीका नरेश केसी, लिलेश्वर केसीलाई कम्बोडियामा आकर्षक रोजगारी लगाईदिने भन्दै ठगी गरेका छन् । त्यस्तै, उनीहरुले सिरहाका श्रवण कुमार साह, बागलुङ काठेखोला गाँउपालिका वडा नं. २ पालाका राजनबहादुर खड्का क्षेत्री तथा गोरखा बारपाक गाँउपालिका पोखरीका डिजन गुरुङलाई समेत कम्बोडियामा रोजगारी लगाईदिने भन्दै लाखौं ठगी गरेर अहिले सम्पर्कविहिन अबस्थामा रहेको पीडितका आफन्त महराको भनाइ छ । ति तिनजनाले कम्बोडियामा आकर्षक तलबसहित रोजगारी मिलाईदिने भन्दै बोलाएपछि पीडित सबैजना गत असोज १९ मा थाईल्यण्ड उडेका थिए ।

उनीहरु सबैजना श्रम समेत नगरेर थाइल्यण्डतर्फ लागेका थिए । सबैजनालाई १० दिनको टुरिष्ट भिषामा लगिएको थियो । थाइल्यण्ड पुगेका युवाहरुलाई लिन तीनैजना दलाल थाईल्याण्डको विमानस्थलमा गाडी लिएर पुगेको पीडितहरु बताउछन् । जब, उनीहलाई कम्बोडिया पुर्याईयो उनीहरुलाई रोजगारी दिलाउनुको साटो हरेक दिन भोलिबाट काम पाईन्छ भन्दै ९ दिनसम्म आश्वासनमै बिताईदिए । तर, ९ दिनका दिन काम दिनु त परैको कुरो काम लगाईदिन्छु भन्ने तीनैजना बेपत्ता भएको पीडितहरुले जानकारी गराए । त्यसपछि उनीहरु सम्पर्कबिहिन भएपछि पीडितहरुलाई नेपालमा रहेका आफन्तले टिकट पठाईदिएपछि उनीहरु असोज ३१गते भारतको दिल्ली हँदै नेपाल आएको पीडितका आफन्त महराको भनाइ छ ।

रोजगार लगाईदिन्छु भन्दै तीनैजनाले प्रत्यकबाट करिब साढे ४ हजार डलर उठाएको र अहिले उक्त रकम उठाउन खोज्दा उनीहरु सम्पर्कमा नआएको पीडितहरुको गुनासो छ । पीडितहरुले रोजगारी त पाएनन् नै आफ्नो दुखजेलोले कमाएको रकम, साहुसँग चर्को ब्याजमा सापटी लिएको ऋणसमेत गुम्दा थप पीडा भैरहेको गुनासो गर्दै विभिन्न स्थानमा न्यायका लागि भौतारीरहेका छन् । यसरी रोजगारी दिलाउने भन्दै ठगी गर्ने उनीहरुले सयौं युवाहरुबाट लाखौं कुम्ल्याएको पीडितहरु बताउछन् । यी मध्ये पनि प्यूठानका दुर्गाबहादुरले त डिबि थापाका नामबाट ठगीमा ब्रम्हलुट मच्चाउदै आएको पीडितका आफन्तहरुले बताए । उनले डिबि थापाको नामबाट बुटवल घर भएको भन्दै ठगी गर्दै आईरहेका छन् । पीडितहरुले थप बेरोजगार युवालाई ठगिनबाट जोगाउन उनीहरुलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  २ : १० बजे