वर्षमा २ करोडको इन्धन जनप्रतिनिधिलाई मात्र



बाँके पुस, १५–
बाँके जिल्लाका सबै स्थानीय तहमा गरी इन्धनमा वार्षिक दुई करोड रुपैयाँ खर्च हुन्छ ।

यो रकम इन्धनका नाममा वडावडामा अलग्गै हुने खर्च र स्थानीय तहका विषयगत शाखामा ससर्तका रुपमा आउने मसलन्दमा रहने इन्धन खर्चबाहेकको हो ।

जस्तै, डुडुवा गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा चार वटा विषयगत शाखाका लागि दुई–दुई लाख रुपैयाँको इन्धन छुट्टै व्यवस्था गरिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

कोहलपुर नगरपालिकाले यो आर्थिक वर्षमा वडाका लागि भनेर एक लाख ६ हजार रुपैयाँको छुट्टै बजेट विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम रसाइलीले बताए ।

यस्तो व्यवस्था हरेक स्थानीय तहमा विभिन्न रुपमा गरिएको छ । कतिले वडालाई दिएको एकमुष्ट रकमबाट इन्धनको जोहो गर्न भनेका छन् ।

बैजनाथ गाउँपालिकाले भने मासिक ५ हजार रुपैयाँको इन्धन खपत गर्नसक्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझीले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  २ : २२ बजे