ओखलढुंगा पुस, १५–
नेपाली कांग्रेसका नेता तथा नेपाल उद्योग वाणिज्य माहासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाईमा ओखलढुंगा तथा सोलुखुम्बुका विभिन्न स्थानिय तहका सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । नेता कार्कीसँगै स्थानिय निकाय र विभिन्न व्यक्तिहरुसँगको सहकार्यमा लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलले ओखलढुंगा तथा सोलुखुम्बुका बिभिन्न विद्यालयमा ल्यापटप वितरण गरिएको हो ।
ओखलढुङ्गाको रामपुरस्थित बरुणेश्वर उच्च माध्यमिक बिधालयमा आयोजित एक कार्यक्रममा विद्यालयहरुलाई डेल कम्पनीको ल्यापटप वितरण गरिएको हो ।
विद्यालय शिक्षालाई समयअनुकुल बनाउन ओखलढुङ्गाको बरुणेश्वर उच्च माध्यमिक विद्यालयलाई ४ सोलुखुम्बुको नेचा सल्यान गाँउपालिकाका सगरामाथा ,भुमेश्वरि ,सुर्योदय ,जालपा, हिमज्योति, सरस्वति, चन्द्रज्योति र रामलक्षमण अधारभुत विद्यालयलाई एक/ एक वटा ल्याप्टप बितरण गरिएको हो ।
लायन्स क्लबको ब्यानरमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलकाका पूर्व गभर्नर तथा संस्थापक अध्यक्ष हरिशंकर निरौला,लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलका प्रथम उपाध्यक्ष मन्दिरा बस्नेत कार्की र प्राध्यापकहरु राजु काफ्ले तथा चित्र कुमार दाहाल लगायत अन्य बुद्दिजिवि एवम् शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमका अवसरमा विद्यालयलाई सहयोग गरेर शिक्षाको गुणस्त र सुधार्ने प्रायत्न हुनु राम्रो भएको भन्दै स्थानिय शिक्षक, विद्यार्थी र अविभावकहरुले खुशी व्यक्त गरेका थिए ।
विद्यालयहरुलाई ल्याप्टप हस्तान्तरण गर्दै नेता कार्कीले अव विद्यालयहरुलाई प्रविधिसँग जोड्न र समय अनुकुल शिक्षाको शुरुवात गर्न जरुरी रहेको बताए ।
गत बर्ष सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट प्रदेश शभा ‘क’ सोलुखुम्बुमा उम्मेदवार रहेका कार्कीले सोलुखुम्बु जिल्लाको शैक्षिक तथा सामाजिक क्षेत्रमा यसअघि पनि निरन्तर योगदान गर्दै आएका थिए ।
अभावसँग जुधिरहेका विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउने, सडक नपुगेका गाँउ वस्तिहरुमा बिरामी बोक्ने स्टेचरहरु पुर्याउने, बिजुली नपुगेको ठाउका विद्यार्थीहरुको पढाईलाई मद्दत पुर्याउन सोलार लाईटको व्यवस्था मिलाउने लगायत अन्य सामिजिक कामहरुमा नेता कार्की सक्रीय रहेका छन् । आगामी दिनमा पनि आफु सँधै सोलुखुम्बुबासीहरुको सहयोगमा सक्दो लागिरहने नेता कार्कीले बताउदै आएका छन् ।