मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली–प्रचण्डले किन बोलाए नेकपाका ९ नेतालाई बालुवाटार ?



काठमाडौं पुस, १६–
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले नेकपाका ९ नेतालाई बालुवाटार बोलाएका छन् । उनीहरुले सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदललाई बालुवाटार बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

कार्यदलको संयोजक तोकिएको छैन । अध्यक्षहरुले संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार  ८ : ५७ बजे