मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मै हुँ ढाका टोपी’ भन्दै ढाकाटोपीमा यस्तो देखिए रामृष्ण ढकाल (भिडियो)



काठमाडौं पुस, १८–
चर्चित गायक रामृष्ण ढकालको आबाज रहेको ‘मै हुँ ढाका टोपी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ज्ञानु राजबंशीको शब्द तथा सुनिल मास्केको संगीत रहेको गीतमा अमुल कार्कीको एरेन्ज, गोपाल घतानीको बाँसुरी तथा धर्म गन्दर्भको सारंगी रहेको छ । एल्वम ‘मेरो प्यारो नेपाल’मा समावेश गीतको भिडियोमा युवराज वाईवाको निर्देशन, उत्सव दाहालको छायांकन तथा विकाश दाहालको संपादन रहेको छ । सार्वजनिक भिडियोमा स्वयम गायक रामकृष्ण ढकाल फिचर्ड छन् । गीतको शब्दमा राष्ट्रिय भाव झल्कन्छ भने भिडियोमा पनि त्यस्तै किसिमका दृश्यहरु झल्किएका छन् । गीत राष्ट्रभक्तीले भरिएको छ ।
गीत हेर्नुसः

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  २ : ५० बजे