मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनमन्त्री अधिकारीलाई भ्रष्टचार आरोप लाग्दा प्राधिकरणका निर्देशक प्रदीप अधिकारीलाई छटपटि !



काठमाडौं पुस, १९–
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकदेखि पर्यटन मन्त्री रविन्द्र अधिकारीसम्मलाई प्रभावमा पार्दै आएका निर्देशक प्रदीप अधिकारी पनि वाइड बडी घोटलामा तानिएका छन् । उनी आफूलाई मन्त्रीको आफ्नै भाई भन्न पछि पर्दैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मन्त्री अधिकारीलाई वाइड बडी खरिद गर्दा ४ अर्ब घोटाला गरेको भनी लेखा समितिद्धारा गठित उपसमितिले कारवाहीका लागि सिफारिस गरेपछि प्रदीपको छटपटि शुरु भएको हो ।

छोटो समयमै प्राधिरकणको महानिर्देशक सञ्जिव गौतम र मन्त्रीका विश्वासपात्र बनेका उनी प्राधिकरणद्धारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुबाट अकुत कमाउन सफल भएका छन् ।

प्राधिकरणको आठौं तहमा कार्यरत रहेकै बेला प्रदीपलाई सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना हेर्ने गरी ११औं तहमा बढुवा दिइएको भएपनि उनी अर्बौं बजेट भएका योजनाहरुमा मात्र बसे ।

चाकडी गर्न र कार्यालय तथा आयोजनाका रकम मिलाएर खान र खुवाउने कलामा माहिर प्रदीपले अहिले पनि पोखरा, भैरवहा, निजगढ लगायतका अरबौंका आयोजना प्रमुखका रुपमा कार्यरत छन् ।

उनकै पहलमा रविन्द्र अधिकारी मन्त्री हुनासाथ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, उपमहानिर्देशक राजन पोख्रेलहरुको विदेशी मदिरा सहितको जमघट मन्त्री निवास पुल्चोकमै आधारातसम्म चलेको थियो ।

प्राधिकरणका भ्रष्ट उच्च अधिकारी र बदमाश ठेकेदारहरुलाई मन्त्रीसँग निकट बनाएर कमाउ धन्दा चलाइरहने प्रदीप नै अहिले अर्का विवादित नेपाली कांग्रेस निकट राजन पोख्रेललाई महानिर्देशक बनाउने दौडमा छन् ।

गौतमको पदावधी केही महिना मात्र बाँकी रहेको छ । प्राधिकरणमा रहेका अन्य सक्षम र इमान्दार उपमहानिर्देशकहरुलाई पाखा लगाएर प्रदीपले राजनलाई च्यापेपछि आम कर्मचारीहरु भने आतंकित बनेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ३ : ०९ बजे