मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्ततः आज सांसदको सपथ लिदैँ रेशम चौधरी



काठमाडौं पुस, १९–
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित चौधरीले बिहीबार बिहान ११ बजे सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथग्रहण गर्न लागेका हुन् । सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लले उक्त कुराको पुष्टी गरे ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो। टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्। राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।

फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ५ : ३५ बजे