रेशम चौधरीलाई सपथ गराउनु कानूनी राज्यको उपहासः तरुण दल



काठमाडौं पुस, १९–
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउन लागेकामा आपत्ति जनाएको छ । तरुण दलले हत्या आरोपमा दोषी देखिएका चौधरीलाई सपथ गराउनुले कानूनी राज्यको उपहास भएको जनाएको छ ।
बिहिबार तरुणदलका महासचिव महासचिव भुपेन्द्र जंग शाहीले एक विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् । महासचिव शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७२ भाद्र ७ गते टीकापुरमा भयको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ ।’

चौधरीलाई कानून विपरीत जेलबाट निकालेर सांसद पदको सपथ गराउनुले संविधान, कानूनी शासनको उलंघन हुनुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत भए पनि तरुण दलले बताएको छ ।

प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार  ८ : ५० बजे