सुगतरत्नलाई कालोमोसो दल्ने मोहन वैद्यका कार्यकर्ता पक्राउ



काठमाडौं पुस, २२–
नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कालोमोसो दल्ने मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता पक्राउ  परेका छन् । आइतबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ बर्षिय सुरेश तामाङलाई थानकोटबाट पक्राउ गरेको हो ।

वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर कालोमोसो दलेका थिए । कंसाकारले भने चन्दा रकम नदिए पनि आफूमाथि कालोमोसो दलिएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : पुस २२, २०७५ आईतबार  ९ : ३४ बजे