मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख महराको चरित्रप्रति पड्किए गगन, ‘महरा पार्टी सदस्य हुन् की सभामुख ?’



काठमाडौं पुस, २२–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति आक्रोशित बनेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले आइतबार प्रस्तुत सभामुखको चरित्रप्रति आक्रोश पोखेका छन् ।

विपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने भन्दै प्रतिनिधि सभा बैठकमा गरेको हंगामामा उनी अग्रपङ्तीमै थिए । बैठक २५ गतेका लागि तय भएपछि आक्रोशित थापाले पत्रकारलाई सोधे, ‘महरा पार्टी सदस्य हुन् की सभामुख ?’

सांसदहरुले प्रश्नोत्तरका लागि माग गरेपछि सभामुखले समय दिएनन्। त्यसपछि कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक स्थगित भएको थियो ।

आक्रोशित भावमा रहेका थापाले जोडे,‘सरकारलाई कुरा राख्न दिने तर, प्रतिपक्षी दलका सांसदहरुले प्रश्न गर्न दिन्न भन्ने सभामुख महरा पार्टी सदस्य हुन् ?’

उनले यतिमात्र नभई महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको आरोप लगाए । सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेका कारणले प्रश्नका लागि समय माग गरिएको उनले बताए । उनले प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको हुकुमी शैली भएको बताए ।

पूर्वसहमतिअनुसार ५ जना सांसदले प्रश्न सोध्न पाउने भए पनि सभामुखले मिनेन्द्र रिजाललाई मात्र समय दिए । तर, रिजालले एक्लैले मात्र नसोध्ने भनेपछि सभामुखले प्रश्न सोध्ने अनुमति दिएनन् ।

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार  १ : ५६ बजे