मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या, उडान प्रभावित



काठमाडौं पुस, २४–
सञ्चार उपकरणमा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी गराए ।
एरिया एप्रोचको पावर सप्लाईमा समस्या आएका कारण भीसीसीएस गएको उनको भनाइ छ ।
भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको उनले बताए । ‘अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा अलि–अलि डिस्टर्ब छ,’ उनले भने ।

काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ५ : ५३ बजे