काठमाडौं पुस, २४–
नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै रानीपोखरीमा फुटबल खेल आयोजना गरेको छ । मंगलबार काठमाडौंको रानीपोखरीमा शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।
देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप रानीपोखरीमा फुटबल खेलेको नेविसंघका नेताहरुले बताएका छन् ।