सरकारको अराजकता रोक्न कांग्रेसले छायाँ सरकार बनाउने , सांसदहरुलाई मन्त्रालय रोज्न समय दिईयो



काठमाडौं पुस, २४–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी गराए । उनका अनुसार छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न पार्टीले संसदहरुलाई आग्रह गरेको छ । प्रतिपक्षीले भूमिका खेल्न सकेन भनेर आरोप लागिरहेका बेला कांग्रेसको यस्तो निर्णय आएको हो । यसअघि पनि कांग्रेसले छायाँ सरकार बनाउने चर्चा चलेको थियो ।

तर, के कारणले कांग्रेसले त्यसो गर्न सकेन प्रष्ट पारेको थिएन । आइतबार संसदमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग सवाल जवाफ गर्न नदिएको घटनाले कांग्रेस सभामुख महरासँग थप आक्रोशित बनेको छ । मंगलबार छायाँ सरकार बनाउने निर्णय गरेको कांग्रेसको बुधबारको संसदमा भूमिका कस्तो हुन्छ सबैको प्रतिक्षा बनेको छ ।

 

प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार  १० : २८ बजे