मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाए आज पनि संसद अवरुद्ध हुन्छः कांग्रेस



काठमाडौं पुस, २५–
नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए संसद अवरुद्ध गर्ने भएका छन् ।

बुधबार मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने कांग्रेस सांसदहरुले बताएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्ने कांग्रेस सांसदहरुको तयारी छ ।

कार्यव्यवस्थाको बैठक मध्यान्ह १२ बजेलाई बोलाइएको छ ।

आइतबार संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न नपाएपछि कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार  ६ : ५६ बजे