काठमाडौं पुस, २५–
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको पार्टी सदस्यता खारेज गरिएको छ । नेता जोशीसँगै तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसमो नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो ।
जसअनुसार गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज भएको छ ।
नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुष १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ ।
२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले विद्रोही उम्मेद्वारी दिएका थिए । पौडेलले जोशीको उम्मेद्वारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । पौडेलले दिएको उजुरीका आधारमा निर्वाचन आयोगले जोशीको उम्मेद्वारी रद्द गरेको थियो ।
तर, पौडेल तत्कालीन एमालेका किसानकुरमा श्रेष्ठसँग ६हजार ४१४ मतान्तरले पराजित भएका थिए । जोशीसँगको कटुतापूर्ण सम्बन्धले पौडेलको राजनीतिक छविलाई क्षयीकरण गरिएको चर्चा चलेको थियो । पहिले पनि पौडेलकै जोडबलमा जोशीको पार्टी सदस्यता खारेज गरिएको देखिन्छ ।