मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुट्यो विवेकशील साझा पार्टी



काठमाडौं पुस, २७–
अन्ततः विवेकशील साझा पार्टी दुई टुक्रा भएको छ । विवेकशील साझा पार्टीका दुई सह–संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो। ‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ’, प्रवक्ता खरेलले सेतोपाटीसँग भने, ‘आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’

विवेकशील साझा पार्टीमा केही साता यता खटपट देखिएको थियो। रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट रहेको थियो। गत संघीय संसद्को चुनावका बेला एक भएका विवेकशील र साझा पार्टीको एकीकरणपछि विवेकशील साझा भएको बनेको थियो ।
उज्वल थापा नेतृत्वको विवेकशील पार्टी र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एक भएर चुनावमा होमिए पनि उनीहरुबीच त्यस यता बैचारिक मूल्य र मान्यताबारे फरक मत देखिँदै गएपछि अन्ततः पार्टी फुटेको हो ।
पार्टी एकीकरणमा विवेकशील तर्फको नेतृत्व गरेका थापा उनको पुरानो दल निकटलाई एक पछि अर्को गर्दै सांगठनिक गतिविधि र अभियानहरुमा अलग गर्दै माईनस गर्न थालिएपछि विवेकशील साझा भित्र निकै मिलाउने प्रयास भएको थियो । यद्यपि थापा समूहलाई माइनस गर्दै मिश्र समूहले प्रदेश संयोजकहरु तोक्ने केन्द्रीय सदस्यहरु थप्ने र पार्टीका निर्णयहरु एकलौटी ढंगले गर्दै पार्टीको मूल मर्म पारदर्शिता विपरित गएपछि थापा समूह पार्टीबाट अलग हुँदै नयाँ पार्टी दर्ता प्रक्रियामा गएको एक केन्द्रीय सदस्यले बताए ।

विवेकशील साझाको केन्द्रीय समिति बैठक पुष ३० गते बोलाईएको थियो । सो बैठकमा बहुमतको आडमा पार्टी एकलौटी गरेर कब्जा गर्ने नियत राखिएपछि सो बैठक अघि नै तत्कालीन विवेकशील पार्टी निकटले भने अलग हुने मनस्थितीमा पुगेका थिए । बिहीबार उनीहरुको बागबजार स्थित एक घरमा छुट्टै बैठक समेत बसेको थियो ।

बैकल्पिक राजनीतिक शक्तिको रुपमा विवेकशील साझालाई अघि बढाउन मिश्र सहितको नेतृत्वमा सम्भव नभएपछि आफूहरु नयाँ पार्टी गठनको प्रक्रियामा गएको अर्का एक केन्द्रीय सदस्यले बताए । थापाको नेतृत्वमा १६ केन्द्रीय सदस्यहरु विवेकशील साझाबाट अलग भई नयाँ प्रक्रिया गठनमा लागेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  १२ : ४१ बजे