मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करोडौं ठगेर फरार गीतकार योगेन्द्रमणि दाहाल पक्राउ



काठमाडौं पुस, २८–
ठगी अभियोगमा गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् ।   जिल्ला अदालत ललितपुरबाट सजाय पाएर फरार सूचीमा रहेका ५२ वर्षीय दाहाललाई पुस २७ गते बालुवाटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको नेपाल विटुमिन तथा व्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठले दाहालविरुद्ध जिल्ला अदालत ललितपुरमा मुदद्दा दिएका थिए ।
जिल्ला अदालत ललितपुरले दाहालले नेपाल विटुमिन तथाव्यारेलउद्योग लिमिटेडमा १२ करोड ३५ लाख ९६ हजार ५ सय ४ रुपियाँ ५४ पैसा ठगी गरेको पुष्टि भएपछि  जरिवाना र कैद सजाय तोकेको थियो ।

जिल्ला अदालत ललितपुरले ०७४ मंसिर १४ गते फैसला गर्दै दाहाललाई विगो बराबरको जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि गीतकार दाहाल फरार थिए ।

भक्तपुर जिल्लाको ठिमी नगरपालिका वडा नं. १७ कौशलटारमा स्थायी घर भै हाल काठमाडौं महानगरपालिकाको वडा नं. ४ बालुवाटारमा दाहाल बस्दै आएका थिए । दाहालका थुप्रै चर्चित गीतहरु छन् । उनी नाम चलेका गीतकारको सूचीमा पर्छन ।

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार  ३ : ०३ बजे