मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबार बनाएकोमा कांग्रेस नेता रिजालको आपत्ती, संसद बैठकमा उठ्यो कुरा



काठमाडौं पुस, २९–

नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारको चर्को आलोचना गरेका छन् । आइतबार संसदको बैठकमा बोल्दै नेता रिजालले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबारको रूपमा सेवा सुविधा दिन लागेको भन्दै आपत्ति जनाए । सरकारले राष्ट्रपतिलाई १८ करोडको गाडीमा र डेढ अर्बको हेलिकप्टरमा चढाएर भोगविलासको जीवनमा पूरानो दरबारलाई पनि जितेको उनको भनाइ थियो । त्यस्तै, नेता रिजालले गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेका अर्थतन्त्रको वर्तमान स्थिती झूट रहेको प्रष्ट पारे ।

यसमा अर्थमन्त्रालयका अधिकारीहरु समेत प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको विरुद्ध बोल्न नसकेपनि अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको गलत तथ्यांकबारे बोल्ने गरेको उनको भनाइ थियो ।

अर्थमन्त्रालयले दैनिक रुपमा प्रकाशित गर्ने सरकारी खर्चको विवरण र राष्ट्र बैंकले हरेक महिनामा निकाल्ने मूल्य बृद्धिको विवरणसँग प्रधानमन्त्रीले प्रकाशित गरेको विवरणको आकाश जमिनको फरक रहको थियो । यसरी प्रधानमन्त्रीले गलत तथ्यांक दिएपछि प्रतिपक्षीले सो दिन त प्रश्न सोध्ने नाममा संसदमा हंगामा नै मच्चायो ।

तर, पछि सहमति भएपछि प्रश्न नसोधि काँग्रेस पछि हट्यो । आईतबार बसेको संसद बैठकमा नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले संसदमा झुट बोलको विषयमा आपत्ति जनाएका थिए ।

उनले अहिले ४.२ प्रतिशतको मूल्यबृद्धि रहेकोमा प्रधानमन्त्रीको तथ्यांकमा ७.३ प्रतिशत कसरी आयो रु भनेर प्रश्न गरेका थिए । उनले १५ प्रतिशत रहेको सरकारी खर्च प्रधानमन्त्रीको तथ्यांकमा भने कसरी २५ प्रतिशत पुग्यो भनेर प्रश्न गर्दा संसदमै मन्त्रीहरु बस्ने कुर्सीमा सँगै बसिरहेका अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रविन्द्र अधिकारी भने मुसुमुसु हाँसिरहेका थिए ।

रिजालले सरकारी खर्च कम, मूल्य बृद्धि बढी शोधनान्तर स्थिती ५७ अर्बले ऋणात्मक यस्ता नकारात्मक स्थिती धेरै भईरहँदा प्रधानमन्त्रीलाई सरोकारवालाहरुले किन नपढाई पठाएर उल्टो विवरण पठाएको भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीलाई संसदमा बोल्न पठाउँदा त राम्रोसँग पढाएर पठाउन सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  १० : १५ बजे