हिन्दू राष्ट्र स्थापना गर्न घरदैलो अभियानमा लाग्दै राप्रपा



काठमाडौं पुस, ३०–
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पुर्याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताए । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
‘जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ, त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ’ अध्यक्ष थापाले भने ।

उनले धर्म निरपेक्षको फोहरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दू राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकाले पार्टीले हिन्दू राष्ट्रलाई मुख्य एजेण्डा बनाएको दाबी गरे ।

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार  ६ : ५५ बजे