कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा आकस्मिक पत्रकार सम्मेलन आह्वान



काठमाडौं पुस, ३०–
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आकस्मिक पत्रकार सम्मेलन गर्दैछन् । नेता पौडेलले सोमबार ४ बजेका लागि पत्रकार सम्मेलन आह्वान गरेको पौडेलका एक सहयोगीले बताए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ ।
पौडेलका सहयोगीले पत्रकारहरुलाई बोलाउनु भन्नु भए पनि के बिषयमा पत्रकार सम्मेलन हुन लागेको आफूलाई थाहा नभएको बताए । नेता पौडेल सांसद नभएपनि पत्रकार सम्मेलन संसदीय दलको कार्यालयमा बोलाएका छन् । उनले पत्रकार सम्मेलनमार्फत केही महत्पूर्ण घोषणा गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार  ९ : ४४ बजे