काठमाडौं –
एजेन्सि-
युरोपियन युनियनबाट इंगल्याण्ड बाहिरिने प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री टेरिजा मे संकटमा परेकी छिन् । मेको प्रस्ताव संसदमा अस्वीकृत भएपछि विपक्षी दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
प्रधानमन्त्री मे को प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो । मे को योजनाको विपक्षमा ४३२ सांसदले मत दिए । उनको योजनाको पक्षमा २०२ सांसदले मत दिएको डेलीमेलले जनाएको छ ।
प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षमा मत दिएपछि मेको राजनीति नै संकटमा परेको अनुमान हुन थालेको छ ।
उनीमाथि संसदमा अश्विासको प्रस्ताव दर्ता भएपछि बुधबार राति संसदको सामना गर्नेछिन् । बुधबार राति नै मतदान हुने तयारी छ । प्रधानमन्त्री मेले विश्वासको मत लिन नसकेमा आम निर्वाचन हुन सक्नेछ । तर उनले विश्वासको मत लिन पुनः १५ दिने समय पाउने बताइएको छ ।