मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीद्वारा आईसियूको उपचार अस्वीकार



काठमाडौं माघ, २–
गएको पुस २५ गतेदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीले आईसियूको उपचार अस्वीकार गरिदिएका छन् । अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । इलाममा १६ औँ अनशन सुरु गरेका डा. केसीको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई इलाम जिल्ला अस्पताल सारिएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सक बिरेन्द्र कुमार शाहले तत्काल आईसियू र सिसियूमा राखेर उपचार गर्न आवश्यक रहेको बताएका छन् ।
डा. शाहले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भइसकेको छ । रोगसँग लड्ने क्षमता कम छ । उहाँको छातीमा संक्रमण भएको छ । मुटुको चाल अनियमित छ । चिसो मौसमले गर्दा डा।केसीको स्वास्थ्य अवस्था झनै बिग्रन सक्नेछ ।’

डा. केसीलाई मङ्गलबारबाट एन्टिबायोटीक चलाइए पनि बिहीबार बिहानको स्वास्थ्य रिर्पोटमा थप जटिलता नआएपनि रिक्सभन्दा बाहिर नभएको चिकित्सक शाहले बताए ।

उनले केसीलाई तत्काल आइसियूमा राखेर उपचार गर्नुपर्ने भएपनि इलाम अस्पतालमा त्यो सेवा नभएको भन्दै आइसियू भएको अस्पतालमा पठाउने विषयमा कुरा गर्दा डाक्टर केसी जान नमानेको बताए ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ७ : १६ बजे