मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुख्खा बन्दरगाह निर्माणको विरोधमा चोभारका स्थानिय आन्दोलित



काठमाडौं माघ, ३–
कीर्तिपुरको चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । सरकारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह बनाउन लागेको विरोधमा स्थानिय विरोधमा उत्रिएका हुन् ।
चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।
चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता भएको बताए । उनले प्रतिवद्धता विपरित बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको जानकारी गराए ।
विद्यमान समस्याको समाधान नभई सुख्खा बन्दरगाह उपयुक्त भए नभएको निर्णयमा पुगिनसकिएको अवस्थामा भूमिगत शैलीमा योजनाको शिलन्याय गर्न खोजिएकाले आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम निर्धारित कार्यक्रममा सुरु हुन सकेको छैन । प्रहरी हस्तक्षेपका बीच स्थानीयको आन्दोलन जारी रहेको छ भने चोभार क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ६ : ३८ बजे