मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलिबिरुद्द उत्रीए सिङ्गो चोभारबासी, प्रधानमन्त्रीलाई कालो झन्डा प्रदर्शन , थुप्रै पक्राउ ।



माघ् ३, काठमाडौ-

स्थानियहरुको अबरोधका बाब्जुत काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यास गर्न खोजिए पछी स्थानीय र प्रहरीबीच झडप भएको छ ।

शिलान्यासका लागि प्रधानमन्त्री केपी ओली चोभार पुगेका बेला स्थानिय र प्रहरी बिच झडप भएको हो ।

लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली चोभार पुगेका थिय ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि केहीसमय स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले विरोधमा उत्रिएका स्थानीयलाई पक्राउ गरेको छ ।

संघर्ष समिताका संयोजक पञ्चलाल महर्जनका अनुसार स्थानीय ज्ञानेन्द्र महर्जन, दीपक महर्जन, मिलन खड्कालागयत एक दर्जन पक्राउ परेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्यक नरहेको जनाएको छ ।

बिहीबार बिरोध प्रदर्शनकै बिच  कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा प्रधानमन्त्री ओलीले उपत्यकाकै ठूलो बन्दरगाहको उद्घाटन गरेका हुन् ।

 

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ८ : ३७ बजे