मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली आज स्विजरल्यान्ड जाँदै



काठमाडौं माघ, ६–
आजप्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्ड जाँदैछन् । प्रधानमन्त्री ओली स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उनी जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका हुन त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनमा ओलीले ३ वटा छुट्टा–छुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको छ । माघ १२ मा प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

टोली सम्मेलन सकाएर स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ५ : २० बजे