मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजपाको नयाँ संयोजक अब महेन्द्र यादव



काठमाडौं माघ, ६–
आजदेखि राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेको छ।
शनिबार बसेको पार्टीको बैठकले चक्रीय प्रणाली अनुसार माघ ६ गतेदेखि संयोजक पद राजेन्द्र महतोबाट महेन्द्र यादवलाई दिने निर्णय गरेको हो।
गत मंसिर ४ गते महतो पार्टीको अध्यक्ष मण्डलको संयोजक बनेका थिए।

शनिबारको राजपा बैठकले आन्दोलनका सहिदका परिवारलाई सहयोग गर्न सहिद कल्याण कोष स्थापना गर्ने र माघ १६ गते केन्द्रीय परीवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ६ : १९ बजे