खोटाङ्-
आर्थीक अभाबमा उपचार नपाएकी खोटाङको छिताापोखरीकी ३३ वर्षीया रमिला तामाङ गाउँपालिका अध्यक्ष भुपेन्द्र राइले उपचारको प्रबन्ध मिलाएपछी अहिले सामान्य अवस्थामा फर्किएकी छन्। उनलाई आउँदो शुक्रबार अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । उनि स्वस्थ भएर घर फर्किने तयारिमा छिन ।
मानसिक स्वास्थ्य समस्या आएपछि रमिलालाई गत पुस पहिलो साता दिप्रुङ चुइचुम्मा गाउपालिकाका अध्यक्ष भुपेन्द्र राइको सहयोग र पहलमा उनलाई काठ्माण्डौ ल्याएर मानसिक अस्पताल लगनखेलमा भर्ना गरिएको थियो ।
रोग लागेर ८० हजारजति खर्च गर्दा पनि उनलाई ठिक नभएपछि गाउँले र उनका परिवारले काठ र जाली लगायर खोर बनाएर राखेका थिए । उनले बच्चाहरुलाई कुटपिट गर्ने, रुने, कराउने, आफ्नो घरका भित्ताहरु कोतर्ने, गाई बस्तु फुकाएर खेद्ने जस्ता गतिजविधि गर्न थालेपछिठूलो क्षति हुन नदिनकै लागि आफन्त र गाउँले मिलेर उनलाई खोरमा थुनेका थिए । थप उपचारका लागी आर्थीक अभाबले परिवारलाई पिरोलेको थियो भने उनि खोर भित्र थुनिन बाध्य थिइन ।
खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष राईले आफ्नै गाउँपालिकामा रोगी खोरमा थुनिएको र आर्थिक अवस्था कमजोर भएकोले उपचार हुन नसकेको थाहा पाएपछिप्रहरी र स्थानीयको रोहबरमा रमिलाको उद्दार गरी पुस ३ मा ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा उपचार गर्न पठाएका थिय ।
झन्डै एक महिनाको उपचारपछि रमिला निको हुने क्रममा छिन्। अहिलेसम्म ३३ हजार जति खर्च भएको र आफुले पाउने भत्ताबाट उपचारमा लागेको खर्चको व्यवस्थापन गर्ने अध्यक्ष राइले न्यू सञ्चारलाई बताए ।
अब उनि अस्पतालबाट निस्केपछि घर जाने तयारिमा छिन । उनका एक छोरी र एक छोरा छन्।