मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानिराखौ- तातोपानीमा मह र कागती मिलाएर खादा यती धेरै फाइदाहरु



काठ्माण्डौ-
महलाई शक्तिबर्दक औषधिय गुण भएको लाभकारी खाध्य पदार्थ को रुपमा मान्ने गरिन्छ ।प्राचिन काल देखी नै महको प्रयोग हुँदै आएको र बर्तमान समयमा पनि यसको महत्व बढ्दै गएको पाइन्छ । आयुर्बेद्ले पनि महलाई जिबन शक्ती बढाउने र बिभिन्न रोगहरुको औषधिको रुपमा उल्लेख गरेको छ । महलाई दुधमा मिलाएर खान सकिन्छ भने मन तातो पानीमा मह र कागती मिलाएर खादा पनि जिबन शक्तिको बृद्दी हुनुको साथै स्वास्थ्यमा समेत प्रसस्तै लाभ लिन सकिन्छ ।

तातोपानीमा मह र कागती मिलाएर खादा यती धेरै फाइदाहरु

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँछ ।

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्छ । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रूपमा हटाउँछ ।

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौँ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिर निकाल्ने तŒव) को रूपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान सावित हुन्छ ।

मह र तातो पानीको मिश्रणले शरीरको इनर्जी बढाउँछ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ, जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रूपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ । एजेन्सि-

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ४ : ०२ बजे