कांग्रेसद्वारा लगातार संसद बैठक अबरुद्द :सरकारले अब भेट्यो प्रतिपक्ष



माघ ८,काठ्माण्डौ-

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।

संसदको   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण बैठक अबरुद्द भएको हो । कांग्रेस सांसद्  एबम पार्टिका पूर्व महामन्त्री  प्रकाशमान सिंह बोलेलगत्तै कांग्रेस सांसदहरू रोष्टम घेराउ गर्न पुगेका थिय ।

सभामुख कृष्णबहादुर महराले संसद्को बैठक सुचारु गर्न चाहे पनि कांग्रेस सांसदहरूले नाराबाजी  गरेका कारण स्थगित गरिएको हो ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा बोल्दै काँग्रेस सांसद तथा एबम पार्टिका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारले काँग्रेस नेताको नाम जोडिएको आधारमा नै ती दुई स्वास्थ्य संस्थाहरुलाई खारेज गर्न खोज्नुले सरकार एकाधिकारबादी सोच्बाट चल्न खोजेको प्रस्ट भएको र नेपाली काँग्रेसलाई त्यो मान्य नभएको बताएका थिय ।

 

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १० : १० बजे