मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार लोकतन्त्रको खोल ओडेर अधिनायकवादको बाटोमा हिड्यो : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल



बुटवल,माघ ८-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार  लोकतन्त्रको खोल ओडेर अधिनायकवादको बाटोमा हिँडेको बताएका छन ।बुटबलमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा नेता  पौडेलले  यस्तो बताएका हुन ।

विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्न सरकार फेल भएको बताउदै  नेता पौडेलले यती कमजोर शान्ती सुरक्षा र अराजकता हुँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

अर्को फरक प्रसङ्गमा नेता पौडेलले  प्रमुख प्रतिपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक बोलाएर आफ्ना मान्छेमात्र नियुक्त गरिएको आरोप लगाउदैयो  लोकतन्त्रमाथि प्रहार हो, यसलाई गम्भीर रुपमा लिनुपर्छ भनेका छन ।

 

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ११ : ११ बजे