मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकासहित देशका विभिन्न ठाउँमा मंगलबार रातिदेखि बर्षा, मौसम खुल्ने सम्भावना कम



काठमाडौं माघ, ९–
यतिबेला काठमाडौमा पानी परिरहेको छ । मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशमा विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भइ पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । बुधबार ९आज० काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ भने पश्चिममा पनि मौसम खुल्ने संभावना नरहेको मौसमविद श्रेष्ठले जानकारी दिए । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।

यो वर्षको हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । लगातार र ठूलो पानी नपरे पनि मध्यमस्तरको पानी पर्ने र रोकिने क्रम जारी हुने मौसमविदले बताएका छन् ।पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  २ : ३४ बजे