काठमाडौं माघ, ९–
यतिबेला काठमाडौमा पानी परिरहेको छ । मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशमा विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भइ पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेकाले देशभर बलदी भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । बुधबार ९आज० काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ भने पश्चिममा पनि मौसम खुल्ने संभावना नरहेको मौसमविद श्रेष्ठले जानकारी दिए । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।
यो वर्षको हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो । लगातार र ठूलो पानी नपरे पनि मध्यमस्तरको पानी पर्ने र रोकिने क्रम जारी हुने मौसमविदले बताएका छन् ।पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।